मुख्यमन्त्री गुरुङलाई कोरोना पुष्टि


     एभरेस्ट आवाज    
     वैशाख २२ गते २०७८ मा प्रकाशित




गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना संक्रमण भएको छ । मुख्यमन्त्री गुरुङलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो ।

मुख्यमन्त्री गुरुङलाई मंगलबार अपराह्नदेखि सामान्य ज्वरो आएको थियो । ज्वरो आएलगत्तै उनको एन्टिजेन परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । एन्टिजेनमा पोजिटिभ देखिएपनि पुनः प्रमाणिकरणका लागि पिसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।