प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक


     एभरेस्ट आवाज    
     वैशाख २३ गते २०७८ मा प्रकाशित




फाइल तस्विर : प्रधानमन्त्री केपी शर्मा ओली

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बिहीबार अपरान्ह ५ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्रीले बोलाएको बैठकमा के एजेन्डामा छलफल हुने हो त्यो भने नखुलाइएको उनले बताए ।

एमाले अध्यक्ष समेत रहेका ओलीले पार्टीको स्थायी कमिटी बैठकलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

राष्ट्रपतिसँगको भेटपछि बोलाइएको मन्त्रिपरिषद बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।