तस्बीर: एजेन्सी
तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित बेलचौतारामा रहेको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र पनि अक्सिजनसहितको आइसोलेसन तयार पार्ने तयारीमा जुटेको छ।
दोस्रो लहरको कोरोना संक्रमण दर बढेसँगै जिल्लाका १० वटै पालिकाले मिलेर बनाइदिएको भवनमा अक्सिजनसहितको आइसोलेसन बनाउन लागिएको हो।
जसमध्ये ३० बेडको अक्सिजनसहितको आइसोलेसन अबको १ दिनभित्र संचालनमा ल्याउने अस्पतालले जनाएको छ। त्यसमध्ये पनि ५ बेडमा मोनिटरसहितको अक्सिजन दिइनेछ।
अस्पताल श्रोतले बताए अनुसार अहिले जटिल प्रकृतिका कोभिडका बिरामी धेरै भएकाले हरेक बेडमा अक्सिजन पु¥याउने गरेर अक्सिजन पाइपलाइन जोडेका छ। अस्पतालले ८ लाख रुयैयाँको खर्चमा अक्सिजनको पाइपलाइन र सिलिन्डर व्यवस्थापन गरेको श्रोतले बताएको छ।
गत बर्ष पहिलो चरणको कोरोनाको संक्रमण तीब्र गतिमा फैलदा अस्पतालले ५० बेडको आइसोलेसन संचालन गरेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, ४ असार पोखरामा पछिल्लो समय चोरीका लागि काठमाडौंबाट आउने गरेको कास्कीका…







