नेलम्बोद्वारा दुई सरकारी स्वास्थ्य संस्थालाई सहयोग


     एभरेस्ट आवाज    
     वैशाख २४ गते २०७८ मा प्रकाशित




पोखरा । पोखरा–४, गैह्रापाटन स्थित नेलम्बो नेपालले कोरोना भाइरस बिरुद्घका स्वास्थ्य सुरक्षा सामग्री वितरण कार्यलाई जारी राखेको छ ।

जसअन्र्तगत बिहीवार स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सामग्री प्रदान गरिएको हो ।

निर्देशनालयलाई रु.एक लाख ८५ हजार सात सय ५० तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रु.५० हजार सात सय ८० बराबरका सामग्री प्रदान गरियो। पिपिई सेट, मास्क, भाइजर, फेस शिल्ड, सेनिटाइजर, सेनिटाइजर स्ट्याण्ड, थर्मल गन, सावुन, स्प्रे बोतल, गोब्ल्स् लगायतका सामग्री संस्थाका अध्यक्ष एकदेव देवकोटाले हस्तान्तरण गरेका हुन।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश अन्र्तगतका सामग्री ग्रहण गर्दै सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले सहयोगप्रति आभार प्रकट गर्दै विषम परिस्थतीको मूल्याङकन गरेर नेलम्बोले सहयोग गरेको बताइन् ।

मन्त्री पुन मगरले कोरोनाको पहिलो चरणमा विभिन्न संघसंस्थाबाट प्रदेश सरकारलाई रु.४ करोड वरावरको सहयोग प्राप्त भएको जानकारी दिर्दै अव दोस्रो चरणमा पनि सहयोग जुट्दै जाने विश्वास व्यक्त गरिन् । उनले सरकारसँग बजेट भएपनि कार्यान्वयको प्रक्रिया निकै झन्झटिलो हुने भनाई पनि राखिन् ।

नेलम्बोका अध्यक्ष एकदेव देवकोटाले सरकार, संघसंस्था र नागरिक बीचको हातेमालोबाट मात्रै महामारी विरुद्घ लड्न सकिने धारणा राखे । उनले निर्देशनालय र प्रतिष्ठानसँग सहकार्य गर्न संस्था तयार रहेको स्पष्ट पार्दै महामारी बिरुद्घ लड्न निर्देशनालयलाई रु.१५ लाखसम्मका सामग्री उपलब्ध गराउने प्रतिबद्घता जनाए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले नेलम्बोसँग सहकार्य गर्दै जाने बताउँदै प्राप्त सामग्रीको सदुपयोग गरिने विश्वास दिलाए ।उनले प्रतिष्ठानले सुरु देखि नै कोभिड वार्ड संचालन गरिरहेको उल्लेख गर्दै आवश्यक परे अस्पताल पुरा नै कोभिडको उपचारमा प्रयोग गर्न सकिने पनि जनाए ।

निर्देशानलयका निर्देशक डा. विनोद विन्दु शर्माले प्राप्त सामग्री जिल्ला तहसम्म पु¥याइने भनाई राखे ।कार्यक्रमका बीच नेलम्बोका कार्यक्रम संयोजक डा. किसन कोइरालाले प्रदान गरिएका सामग्रीका बारेमा जानकारी दिए।

चार वर्ष अघि स्थापित नेलम्बोले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा कार्य गर्दै आइरहेको छ । स्वास्थ्य अन्र्तगत पहिलो चरणमा पनि उक्त संस्थाले कोरोना भाइरस विरुद्घका स्वास्थ्य सुरक्षाका सामग्री स्थानीय तह, स्वास्थ्य संस्था, स्वास्थ्य कर्मी संचारकर्मी र सुरक्षा निकायलाई प्रदान गरेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।