धम्पुस गाउँ प्रमोशनका लागि सालैजो गीत बजारमा


     एभरेस्ट आवाज    
     वैशाख २५ गते २०७८ मा प्रकाशित




लोक गायक श्याम अधिकारीले सालैजो भाकामा पर्यटकीय गाउँ धम्पुसको प्रबद्र्धनात्मक गीत बजारमा ल्याएका छन्।

गायक अधिकारीलाई यस गीतमा बरिष्ठ लोकदोहरी गायिका शर्मिला गुरुङले साथ दिएकी छन्।
गायक अधिकारीले दुई वर्ष अघि पनि ‘मेरै धम्पुस गाउँ’ बोलको गीत बजारमा ल्याएर चर्चा बटुलेका थिए।

धम्पुस गाउँको चिनारीसहितको अधिकारीको गीतहरु देशी तथा विदेशी नेपाली लोक गीतका पारखीहरुले खुब मन पराएका छन्।

लोकगीतमार्फत धम्पुस गाउँलाई देश तथा विदेशमा चिनारी गराउन पाउँदा आफूलाई गर्व लागेको गायक अधिकारी बताउँछन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।