तस्बीर: एजेन्सी
आज वैशाख २६ गते अर्थात कानून दिवस ।
नेपालमा आधुनिक न्याय प्रणालीको शुरुवात भएको सम्झनामा आज राष्ट्रिय कानुन दिवस मनाइदै छ।
२००९ साल वैशाख २६ गते नेपाल प्रधान न्यायालय ऐन लागू भएको सम्झनामा हरेक वर्ष वैशाख २६ गते कानुन दिवस मनाइँदै आएको छ।
कोरोना भाइरस संक्रमणको जटिल अवस्था रहेकोले गत वर्ष जस्तै यस वर्षको कानून दिवसमा पनि कुनै औपचारिक कार्यक्रमहरुको आयोजना गरिने छैन।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कानून दिवसको अवसरमा एक शुभकामना सन्देश दिदैँ एकापसमा शुभकामना आदान–प्रदान गरेर कानून दिवस मनाउन अनुरोध गरेका छन्।
साथै, शुभकामना सन्देशमा प्रधानन्यायाधीश जबराले प्रधान न्यायाधीश जबराले कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रणका लागि हरसम्भवको उपायहरु अवलम्बन गर्न नेपाल सरकार लगायत सम्बद्ध निकायहरुलाई अनुरोध गरेका छन्।

प्रधान न्यायाधीश जबराले कोरोना भाइरस संक्रमणको गम्भीरतालाई मध्यनजर गरी यसको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार सम्बद्ध एवं निकायहरुबाट भएका आदेश समेतलाई दृष्टिगत गरी अदालतहरुको सेवा प्रवाहमा समेत संकुचन ल्याइएको बताएका छन्।
कानून दिवसलाई राष्ट्रिय पर्वकै रुपमा मनाउन प्रधान न्यायाधीश जबराले आग्रह गरेका छन्।
उनले सम्बोधनमा भनेका छन, ‘यस कानून दिवस, कानून र न्याय क्षेत्रको लागि मात्र नभई सबै क्षेत्र र आम नागरिकको तहसम्म नै महत्वपूर्ण रहेको छ।’
कानून दिवस न्याय, समानता र एवं विधिको शासनप्रति प्रतिबद्धता व्यक्त गर्ने दिन कानून दिवस रहेको प्रधान न्यायाधीश जबराको भनाई छ।
कानून दिवसले न्याय, समानता र विधिको शासनको प्रत्याभूतीका लागि क्रियाशील रहन सवैमा थप हौसला र प्रेरणा मिल्ने जबराले विश्वास व्यक्त गरेका छन्।
उनले शुभकामना सन्देशमा अगाडि भनेका छन, ‘न्यायपालिकाको नेतृत्वको हैसियतबाट नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै सहज पहुँचयुक्त न्याय प्रणालीको स्थापना विकासमा आफ्नो स्पष्ट प्रतिबद्धता व्यक्त गर्दछु।’
नेपालको संविधानले लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानूनी राज्यलगायतका मूल्य मान्यताहरूलाई संविधानको आधारभूत संरचनाको रूपमा स्थापित गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







