संवैधानिक आयोगमा पदपूर्तिका लागि सिफारिश, लोकसेवा आयोगको अध्यक्षमा रेग्मी


     एभरेस्ट आवाज    
     वैशाख २६ गते २०७८ मा प्रकाशित




काठमाडौं । संवैधानिक परिषद्ले लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई सिफारिस गरेको छ । रेग्मीसहित अन्य संवैधानिक आयोगमा पदपूर्तिका लागि समेत सिफारिश गरेको छ ।


प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बिहान बसेको परिषद् बैठकले लोकसेवा आयोगमा रेग्मीको नाम नियुक्तिका लागि सिफारिश गरेको हो । लोकसेवा आयोगका अन्य सदस्य, अख्तियार र निर्वाचन आयोगमा पनि आयुक्तहरुको सिफारिश भएको स्रोतले जनाएको छ ।


संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि नियुक्ती हुनेछ । यसअघिका सिफारिशमा सभामुखले संवैधानिक परिषद्लाई पत्र फिर्ता गरिदिएपछि सुनुवाइ नभइ नियुक्त गरिएको थियो । बैठकमा परिषद्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना सहभागि थिए । सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा भने बैठकमा सहभागि भएका थिएनन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।