एसईई र कक्षा १२ को परीक्षा स्थगित


     एभरेस्ट आवाज    
     वैशाख २७ गते २०७८ मा प्रकाशित




फाइल तस्विर

काठमाडौँ । कोरोना महामारीका कारण यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले कोरोना महामारीका कारण परीक्षा सञ्चालनका लागि सम्भव नभपछि स्थगित गरिएको बोर्डका अध्यक्ष प्रा. डा.चन्द्रमणि पौडेलले जानकारी दिए ।


यसअघि जेठ १३ गतेदेखि एईई र जेठ २६ गतेबाट कक्षा १२ को परीक्षातालिका सार्वजनिक भएकोमा अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय भएको पौडेलले जानकारी दिए ।

गत वर्षपनि परीक्षाको तयारी पूरा भइसकेपछि एईईको परीक्षा अन्तिम समयमा स्थगित भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।