एसईई र कक्षा १२ को परीक्षा स्थगित


     एभरेस्ट आवाज    
     वैशाख २८ गते २०७८ मा प्रकाशित




फाइल तस्बीर

कोभिड–१९ महामारीका कारण एसईई र कक्षा १२ को परीक्षा स्थगित गरिएको छ।

राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको हो।
बैठकले जेठको१३ गतेबाट संचालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको बोर्डले जनाएको हो।

अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताएका छन्। एसइईको प्रश्नपत्र छापिएर कतिपय प्रदेशको प्याकिङसमेत भइसकेको अवस्थामा परीक्षाहरु स्थगित गरिएको बताइएको छ।

महामारीका कारण अहिले शैक्षिक संस्था बन्द मात्र छैनन्, अधिकांश जिल्लामा निषेधाज्ञासमेत छ। ५ लाख १७ हजार विद्यार्थी एसईईको तयारी छन् । कक्षा १२ मा करिब ४ लाख परीक्षार्थी छन्।

यसवर्ष कक्षा १२ को हकमा अनलाइनबाट प्रश्नपत्र पठाउने व्यवस्था गरिएको छ। गतवर्ष पनि कोरोना महामारीकाबीच अनलाइनबाटै प्रश्नपत्र पठाएर घरपायक परीक्षा केन्द्रमा परीक्षा संचालन गरिएको थियो। यो वर्ष इन्टरनेट सुविधा पुगेका निश्चित परीक्षा केन्द्रमा मात्रै प्रश्नपत्र पठाएर परीक्षा लिने तयारी छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।