चेल्सीको महिला टिमले वुमन्स सुपर लिग जितेको छ।
अन्तिम खेलमा रिडिङलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै चेल्सी सुपर लिगको च्याम्पियन बनेको हो।
चेल्सीको जितमा फ्रेन्क किर्बीले २ गोल गरिन्। त्यस्तै, मेलानी लेउपोलन्ज, समर्थ केर र इरिन कर्टबर्टले १÷१ गोल गरे।
चेल्सीले २२ खेलबाट ५७ अंक जोडेर उपाधि जितेको हो। दोस्रो स्थानको म्यानचेस्टर सिटीले २२ खेलबाट ५५ अंक जोड्दै उपविजेता बनेको छ। म्यानचेस्टर सिटीले अन्तिम खेलमा वेस्ट ह्यामलाई हराएको थियो।
चेल्सीले आगामी आइतबार महिला च्याम्पियन्स लिगमा बार्सिलोनासँग प्रतिस्पर्धा गर्दैछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







