नेपाल सुपर लिग: आजबाट प्लेअफका खेल हुँदै


     एभरेस्ट आवाज    
     वैशाख २८ गते २०७८ मा प्रकाशित




राजधानीमा जारी नेपाल सुपर लिगमा आज (मंगलबार) बाट प्लेअफका खेल हुँदै छन्।

प्लेअफमा काठमाण्डौं रेजर्स, ललितपुर एफसी, धनगढी एफसी र बुटवल लुम्बिनी एफसी पुगेको छ।

प्लेअफको पहिलो क्वालिफायरमा आज (मंगलबार) शीर्ष स्थानको काठमाडौं रेजर्स र दोस्रो स्थानको धनगढी एफसी खेल्दैछ।

आजको खेलमा जित निकाल्ने टोली सिधै फाइनल पुग्नेछ भने पराजित टोलीले फाइनल प्रवेशका लागि दोस्रो प्लेअफ विजेतासँग खेल्ने मौका पाउने छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल आज साँझ ५ः३० बजेदेखि सुरु हुनेछ।

प्लेअफमा पुगेका चार वटै टिमका कप्तान तथा प्रशिक्षकले टोली सुखद् नतिजाको लक्ष्यका साथ मैदान उत्रिने दाबी गरेका छन्।

पहिलो पटक आयोजना भएको फ्रेन्चाइज फुटबल प्रतियोगितामा शनिबार फाइनल खेल हुनेछ। विजेताले नगद ३५ लाख रुपैयाँ प्राप्त गर्नेछ। यस्तै, उपविजेताले १५ लाख रुपैयाँ पाउनेछ भने

व्यक्तिगत विधाका विजेता तथा एक जना उदीयमान खेलाडीले जनही १/१ लाख रुपैयाँ पाउनेछन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।