आगामी जेठको १७ (मे ३१) को मध्यरातसम्म नेपालमा हुने अन्तर्राष्ट्रिय उडान बन्द भएको छ।
नागरिक उड्डयन प्राधिकरणले नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धको समय थप गर्ने निर्णय गरेको हो।
यस अवधिमा एयर बबल सम्झौता अनुसार काठमाडौँ र नयाँ दिल्लीबीच हप्ताको २ उडान भने कायम रहनेछ। नेपाल एयरलाइन्स र एयर इन्डियाले हप्तामा १/१ उडान गर्नेछन्।
प्राधिकरणले थप जानकारी बिना यात्रुहरूको बुकिङ शुरु नगर्न समेत एयरलाइन्सहरूलाई आग्रह गरेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







