जनमोर्चाले संसदीय दलको नेताबाट कृष्ण थापालाई हटायो


     एभरेस्ट आवाज    
     वैशाख २९ गते २०७८ मा प्रकाशित



फाइल तस्बिर ।

पोखरा । गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई राष्ट्रिय जनमोर्चाले संसदीय दलको नेताबाट हटाएको छ ।

पार्टी निर्णय अनुसार विपक्षी दलको गठबन्धनलाई सरकार बनाउन हस्ताक्षर गर्न अस्वीकार गरेका सांसद थापालाई जनमोर्चाले संसदीय दलको नेताबाट हटाएको हो । जनमोर्चाको संसदीय दलकी सचेतक पियारी थापाले दलको नेताबाट हटाइएको जानकारी सभामुख नेत्रनाथ अधिकारीलाई गराएकी छन् ।

केन्द्रीय प्रतिनिधिका रुपमा पोखरामा रहेका जनमोर्चाका महासचिव मनोज भट्टले पनि थापालाई संसदीय दलबाट हटाएको जानकारी सभामुखलाई दिएका छन् । संसदीय दलको नेताबाट हटाएपनि कृष्ण थापाको सांसद पदबारे भने जनमोर्चाले केही निर्णय गरेको छैन ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।