पौडेलको निधनप्रति प्रेस संगठन कास्कीद्वारा श्रद्धाञ्जली व्यक्त


     एभरेस्ट आवाज    
     वैशाख ३० गते २०७८ मा प्रकाशित



प्रेस संगठन नेपालका नेता, कृयाशिल पत्रकार, गण्डकी टेलिभिजनका प्रबन्ध निर्देशक जगन्नाथ पौडेल (गणेश)को निधनप्रति प्रेस संगठन कास्कीले दुःख व्यक्त गरेको छ । संगठनका नेता सन्देश श्रेष्ठले आज विज्ञप्ती जारी गर्दै पौडेलप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । साथै उनले शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

कोभिड संक्रमणका कारण उपचाररत पौडेलको आज विहान ४१ वर्षको उमेरमा निधन भएको थियो । उनको आजै अन्त्येष्टी गरिएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ३३ बागमारा निवासी स्वर्गिय पौडेलको आमा, श्रीमती र २ छोरा छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।