नेपाल सुपर लिग फुटबलः काठमाण्डौ रेजर्स उपाधि नजिक


     एभरेस्ट आवाज    
     वैशाख ३१ गते २०७८ मा प्रकाशित




काठमाण्डौ रेजर्स फुटबल क्लब नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि नजिक पुगेको छ।

दशरथ रंगशालामा भएको एलिमिनेटर खेलमा ललितपुर सिटी एफसीलाई ३–० गोलले हराउँदै काठमाण्डौ फाइनल पुगेको हो।

काठमाण्डौको जितमा मौसिके ओलोमोउले २ र स्टेफिन विनोङले १ गोल गरे।

खेलको १४ औं मिनेटमा मेसौके ओलुमोउको पेनाल्टी गोलमार्फत काठमाण्डौले अग्रता बनाएको थियो।

यस्तै, २२ औं मिनेटमा मेसौके ओलुमोउकै व्यक्तिगत दोस्रो गोलमा काठमाण्डौले अग्रता दोब्बर बनायो। ६० औं मिनेटमा विनोङ समिरले गोल गर्दै टोलीको जित निश्चित गराए।

यसअघि लिगको उद्घाटन खेलमा पनि काठमाडौंले ललिपुर एफसीमाथि १–० को जित दर्ता गरेको थियो।

अब उपाधिका लागि काठमाण्डौले शनिवार धनगढी एफसीसँग फाइनल खेल्नेछ।

प्लेअफमा काठमाण्डौ धनगढीसँगै पराजित बनेको थियो।

यस प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ पुरस्कार हात पार्नेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।