प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपतिसमक्ष सपथ ग्रहण


     एभरेस्ट आवाज    
     वैशाख ३१ गते २०७८ मा प्रकाशित




फाइल तस्विर

पोखरा । तेस्रो कार्यकालका लागि बिहीबार प्रधानमन्त्रीमा नियुक्त भएका केपी शर्मा ओलीले शुक्रबार सपथ ग्रहण गरेका छन् ।

ओलीले शुक्रबार दिउँसो राष्ट्रपति निवास शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् ।

प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त पदमा शुक्रबार राती पुनः नियुक्त गरेकी थिइन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक अंगका प्रमुखलगायत सहभागी थिए ।

यसैविच प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पनि आजनै गठन गरेका छन । मन्त्रिपरिषदमा पुरानै जिम्मेवारीमा मन्त्रीहरु दोहोराएका छन् ।

यसैविच प्रधानमन्त्री ओलीले आजनै पदभार ग्रहण गर्नेछन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।