फाइल तस्विर : प्रधानमन्त्री शेरबहादुर देउवा
काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको जोखिम बढेका परिस्थितिमा स्वास्थ्यसुरक्षाका मापदण्डलाई ख्याल गरी ‘इद उल फित्र’ मनाउन सबैलाई आग्रह गरेका छन्।
इस्लाम धर्मावलम्बीको पर्व “इद उल फित्र” का अवसरमा उहाँले आज सम्पूर्ण मुसलमानमा सुख, शान्ति एवं समृद्धिको कामना व्यक्त गर्दै कोरोनाको जोखिम दृष्टिगत गरी भौतिक दूरी कायम राख्दै पारस्परिक एकता, विश्वास र प्रेमका साथ पर्व मनाउन आग्रह आग्रह गरेका छन्।
इद उल फित्रले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको जनाउँदै पूर्वप्रधानमन्त्री देउवाले यसले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास लिएका छन् ।
लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि विगतमा भएका हरेक लोकतान्त्रिक आन्दोलनमा इस्लाम धर्मावलम्बीको महत्वपूर्ण योगदान रहँदै आएको जनाउँदै उनले लोकतन्त्रको रक्षार्थ मुसलमान समुदाय अझ बढी जिम्मेवार रहने विश्वास व्यक्त गरेका छन्।
‘इद उल फित्र’ ले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीमा एकताको सन्देश दिन सफल हुने विश्वास पनि उनले व्यक्त गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १६ पोखरेली व्यवसायी नारायणप्रसाद पौडेल सम्बद्ध ३ संस्थाले बाढी…







