एमालेका शीर्ष नेताहरु छलफलमा


     रासस     
     वैशाख ३१ गते २०७८ मा प्रकाशित




फाइल फोटो

काठमाण्डौं । नेकपा (एमाले) का शीर्ष नेताहरु पार्टीभित्रको विवाद मिलाउन आज पनि आपसी छलफलमा जुटेका छन् ।

पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, नेताहरु सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा, भीमबहादुर रावल, सुरेन्द्र पाण्डेसहितका नेताहरु सिंहदरबारमा छलफलमा जुटेका हुन् ।

बिहीबार अध्यक्ष ओली र नेता नेपालबीच पार्टीभित्रको विवाद कार्यदलमार्फत् छलफल गरी सहमतिमा टुङ्गो लगाउने समझदारी भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।