अक्सिजन प्लान्ट स्थापनार्थ अटोवेयजले २५ लाख दिने


     एभरेस्ट आवाज    
     वैशाख ३१ गते २०७८ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

पोखरा । एभरेस्ट एफएफको सहकार्यमा पोखरामा नगरिक स्तरबाट बन्न लागेको अक्सिजन प्लान्ट स्थापनाका लागि सहयोग जुट्ने क्रम जारी रहेको छ ।

बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासको नेतृत्वमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतमा रहेको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा बन्ने अक्सिजन प्लान्टका लागि अटोवेज प्रा.लि. पोखराका प्रबन्ध निर्देशक नारायणप्रसाद पौडेलले २५ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

अक्सिजनको अभावमा दिनदिनै नगरिकको ज्यान जान थालेपछि नागरिक स्तरबाट थालिएको प्लान्ट निर्माणका लागि कम्तिमा ३ करोड लागत लाग्ने जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।