काठमाडौं रेजर्सलाई नेपाल सुपर लिगको उपाधि


     एभरेस्ट आवाज    
     जेठ २ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

धनगढी एफसीलाई १–० ले हराउँदै काठमाडौं रेजर्सले नेपाल सुपर लिगको उपाधि जितेको छ।

शनिबार दशरथ रंगशालामा सम्पन्न फाइनलमा काठमाडौंलाई जिताउन २२ औं मिनेटमा मेसुके ओलोमोले गरेको गोल निर्णायक बन्यो।

यससँगै काठमाडौंले यसअघि दुई खेलमा हारेको बदला लिन सफल भएको छ। जितसँगै काठमाडौंले ३५ लाख रूपैयाँ नगद पुरस्कार जितेको छ। उपविजेता धनगढीले १५ लाख रूपैयाँ नगद पुरस्कार जित्यो।

लिगमा ललितपुर सिटीका कप्तान अञ्जन विष्ट नेपाल सुपर लिगको उत्कृष्ट फरवार्ड घोषित भए। धनगढी एफसीका दिनेश राजवंशी नेपाल सुपर लिगमा उत्कृष्ट रक्षक बने। धनगढी एफसीका गोलकिपर किरणकुमार लिम्बु नेपाल सुपर लिगमा उत्कृष्ट गोलकिपर घोषित भए।

काठमाडौं रेजर्सका मिसुके ओलोमो उत्कृष्ट मिडफिल्डर बने। काठमाडौं रेजर्सकै मुख्य प्रशिक्षक बालगोपाल महर्जन उत्कृष्ट प्रशिक्षक घोषित भए। उनीहरुले नगद १ लाख पुरस्कार जिते। काठमाडौं रेजर्सकै विंगर विश्वास श्रेष्ठ लिगको ‘इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट’ बन्दै ५० हजार रूपैयाँ नगद पुरस्कार जिते।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।