अक्सिजन प्लान्ट स्थापनार्थ सेती क्यानोयिङ प्रा.लि.का गुरुङले दिए ३ लाख


     एभरेस्ट आवाज    
     जेठ २ गते २०७८ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

पोखरा । अक्सिजनको अभावमा दिनदिनै नागरिकको ज्यान जान थालेपछि पोखरामा अक्सिजन प्लान्ट स्थापनाका लागि शुरु गरिएको आर्थिक अभियानमा सहयोग रकम जुट्ने क्रम जारी छ ।

सोही क्रममा सेती क्यानोयिङ प्रा.लि.का कर्केन गुरुङले ३ लाख रकम सहयोग घोषणा गरेका छन् ।
यस्तै, लाइफ अटोमोवाइल्स प्रालि, सोल डिष्ट्रिब्यूटर अफ जीप फर नेपालका विष्णु अग्रवाल र आनन्दराज बतासबाट ३ लाख सहयोग रकम घोषणा भएको छ ।

फिस्टेल एकेडेमीका सञ्चालक चिनु रानाभाटबाट २ लाख, पोखरा पर्यटन परिषदका अध्यष गोपीबहादुर भट्टराईबाट १ लाख ५ हजार ५ सय र नेपाली कांग्रेस कास्कीका सहसचिव रंगिला पौडेल आचार्यबाट २ लाख ७ हजार ७ सय ७७ रकम घोषणा भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट राख्नका लागि बतास फाउण्डेसनका अध्यक्ष आनन्दराज बतासको पहल तथा एभरेस्ट एफएमको सहकार्यमा शुरु गरिएको आर्थिक अभियान अन्तर्गत शनिबार सम्ममा करीब ३ करोड संकलन भइसकेको छ । अक्सिजन प्लान्ट स्थापनाका लागि सहयोग रकम प्रदान गर्ने क्रम जारी रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।