पोखरा । विवेकशील साझा पार्टी पोखरा महानगर समितिले कोभिडका बिरामी र बिरामी कुर्ने कुरुवालाई लक्षित गरी ‘तातो भात अभियान’ सुरु गरेको छ । आइतबार (आज) बाट पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल) मा ‘तातो भात अभियान’ सुरु गरिएको विवेकशिल साझा पार्टीका गण्डकी प्रदेश संयोजक महेश भण्डारीले जानकारी दिए ।

अस्पताल प्रशासनसँग समन्वय गरी कोभिड वार्डमा रहेका बिरामी र बिरामी कुरुवालाई तातो भात (खाना) प्रदान गरिने पार्टीका महानगर संयोजक अजय श्रेष्ठले बताए । यो अभियानमा खाद्यान्न वा नगद सहयोग गर्न उक्त पार्टीले सहयोगी मनहरुमा अनुरोधसमेत गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







