तस्बीर : एजेन्सी
पृथ्वी नारायण क्याम्पस पोखराका आंशिक प्राध्यापक पुनः आन्दोलित भएका छन्।
आंशिक प्राध्यापकहरुलाई करार नियुक्ति गर्नुपर्ने आफूहरुको यसअघिको माग पूरा नभएको र क्याम्पसमा कार्यरत आंशिक शिक्षकहरुले भौतिक तथा अनलाईन कक्षा अध्यापन गरे वापतको पारिश्रमिक २०७६ सालदेखि भुक्तानी नभएको भन्दै प्राध्यापकहरुले अबदेखी अनलाईन अध्यापन नगर्ने भन्दै आन्दोलित बनेका हुन्।
आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पस इकाई समितिका वरिष्ठ उपाध्यक्ष प्रकाशचन्द्र रेग्मी र सचिव खिमानन्द पौडेलले आज विज्ञप्ति जारी गरी विश्वविद्यालय जस्तो शैक्षिक संस्थामा चरम आर्थिक, बौद्धिक तथा मानसिक शोषणको अन्त्य हुनुपर्ने तथा यथाशिघ्र आंशिक शिक्षकहरुलाई करारमा नियुक्ति गर्नुपर्ने माग पूरा नभएसम्म अनलाइन अध्यापन कार्य सुचारु गर्न असमर्थ रहने जनाइएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







