उत्तर कोरियाले विश्वकप र एसियन कप छनोटबाट नाम फिर्ता लियो


     एभरेस्ट आवाज    
     जेठ ३ गते २०७८ मा प्रकाशित




तस्बीर : एजेन्सी

उत्तर कोरियाले फिफा विश्वकप छनोट र एसियन कप छनोटको बाँकी खेलबाट नाम फिर्ता लिएको छ।

उत्तर कोरियाले विश्वकप छनोट र एसियन कप छनोटका बाँकी नखेल्ने भएको हो।

एसियन फुटबल फेडेरेसन (एएफसी)ले आइतबार उत्तर कोरियाले छनोटबाट नाम फिर्ता लिएको जनाएको हो।

एएफसीले उत्तर कोरियाले नाम फिर्ता लिनुको कारण बताएको छैन। छनोटको समूह ‘एच’मा रहेको उत्तर कोरिया ८ अंक जोडेर चौथो स्थानमा छ।

एएफसीले उत्तर कोरियाको यस निर्णय फिफाको आयोजक समितिलाई पठाइएको जनाएको छ। यस समूहमा उत्तर कोरिया, दक्षिण कोरिया, तुर्किमिनिस्तान, लेबनान र श्रीलंका रहेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।