स्याङ्जाका ११ वटै स्थानीय तहमा आइसोलेसन सेन्टर निर्माण


     एभरेस्ट आवाज    
     जेठ ३ गते २०७८ मा प्रकाशित




पोखरा । स्याङ्जाका ११ वटै स्थानीय तहमा आइसोलेसन सेन्टर निर्माण गरिएको छ । कोरोना भाइरस (कोभिड १९) तीव्र रुपमा फैलिएसंगै स्याङ्जाका ११ वटै पालिकाले अक्सिजनसहितको आइसोलेसन निर्माण गरेका हुन् ।

स्याङ्जामा ५ वटा नगरपालिका र ६ वटा गाउँपालिका रहेका छन् । नगरपालिकाहरु गल्याङ, वालिङ, पुतलीबजार, चापकोट, भिरकोट र गाउँपालिकाहरु कालीगण्डकी, आँधिखोला, विरुवा, फेदिखोला, हरिनाश, र अर्जुनचौपारिमा आइसोलेसन सेन्टर निर्माण गरिएको छ ।

समग्रमा जिल्लामा १५ वटा आइसोलेसन सेन्टरमा २ सय ५५ वटा बेड तयारी अवस्थामा राखिएको छ, जसमध्ये १ सय २९ वटा अक्सिजनसहितका बेड रहेका जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।