फाइल फोटो
काठमाण्डौं । आन्तरिक विवाद मिलाउने जिम्मेवारी पाएको सत्तारुढ नेकपा (एमाले) को कार्यदलको पहिलो बैठकले आफ्नो कार्यविधि, कार्यक्षेत्र र आचारसंहिता बनाउने निर्णय गरेको छ ।
सिंहदरबारमा आज भएको बैठकले उक्त निर्णय गरेको र बुधबार पुनः बैठक बस्ने कार्यदलमा रहेका नेता भीमबहादुर रावलले जानकारी दिए । उनले कार्यविधि, कार्यक्षेत्र र आचारसंहिता तत्काल निर्माण गरी कार्यान्वयन गर्ने जनाउँदै पार्टीलाई एकताबद्धरुपमा अघि बढाउन सद्भाव तथा एकता वृद्धि गर्न, आपसी अविश्वास, अन्तरविरोध र असहयोगबाट अलग रहन सम्पूर्ण पार्टी पङ्तिलाई आव्हान गर्ने निर्णय पनि भएको बताए ।
एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच गत वैशाख ३० र यही जेठ २ गतेको आपसी सहमतिका आधारमा नेता रावल, सुवास नेम्वाङसहित १० सदस्यीय कार्यदल गठन भएको थियो ।
आजको बैठकमा काम विशेषले सदस्य विष्णुप्रसाद पौडेल र शङ्कर पोखरेल अनुपस्थित थिए । कार्यदलललाई एमालेको साङ्गठनिक संरचना २०७५ जेठ ३ (माओवादी केन्द्रसँगको एकतापूर्व) को अवस्था, सहमतिमा जिम्मेवारी बाँडफाँट तथा माओवादीबाट प्रवेश गरेका नेताकार्यकर्ताको व्यवस्थापनलगायतबारे सुझाव दिन भनिएको छ ।
गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि एमालेको पुरानै संरचना कायम हुनुपर्ने नेता नेपाल पक्षको अडान रहँदै आएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन १३ गण्डकी प्रदेशमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको संख्या ३३…





