लमजुङको भुलभुलेलाई केन्द्रविन्दु बनाएर ५.८ म्याग्नीच्युडको भूकम्प गयो


     एभरेस्ट आवाज    
     जेठ ५ गते २०७८ मा प्रकाशित




तस्बीर : एजेन्सी

लमजुङ जिल्लाको भुलभुलेलाई केन्द्र विन्दु बनाएर आज (बुधबार) बिहान ५ : ४२ बजे ५.८ म्याग्नीच्युडको भूकम्प गएको खानी तथा भूगर्भ विभाग भूकम्प मापन केन्द्रका सूचना अधिकृत नारायण बाँस्कोटाले जनाएका छन्।

पोखरा लगायत गोरखा, धादिङ, काठमाडौँ उपत्यकासहितका क्षेत्रमा भूकम्पको धक्का ठूलो महसुस गरिएको थियो।

भूकम्पबाट लमजुङको २ घर भत्किएको भूकम्पबाट कहाँ के कति क्षतिबारे भने प्रारम्भिक जानकारी आउन थालेका छन्। श्रोतका अनुसार भूकम्पले लमजुङको बेसीसहरमा २ वटा घर भत्किएका छन् भने २ जना घाइते भएका छन्। घाइतेको उपचार भैरहेको जनाइएको छ।

बेसीसहर नगरपालिका वडा ८ चनौटे र सोही नगरपालिकाको वडा नम्बर ११ रामचोकबेसीमा एउटा घर भत्किदा २ जना घाइते भएका छन्।

मस्र्याङ्दी गाउँपालिका वडा नं ६ का २२ वर्षिय गोविन्द अधिकारीको टाउको गम्भीर चोट लागेर घाइते भएका छन्। सुतिरहेको अवस्थामा भूकम्प गएपछि अधिकारी निन्द्रामै घरको बार्दलीबाट हाम्फाल्दा टाउकोमा चोट लागेको बेसीसहरबाट पत्रकार नवराज पहारीले जानकारी दिए।

पहारीका अनुसार अधिकारीको बेसीसहरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ। थप क्षतिको विवरण भने आउनै बाँकी रहेको पहारीले जनाए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।