भूकम्पले घर भत्कियो


     एभरेस्ट आवाज    
     जेठ ५ गते २०७८ मा प्रकाशित




छिमेकी जिल्ला लमजुङको मस्र्याङदी गाउँपालिका–३ भुलभुले आसपासमा केन्द्रविन्दु बनाएर बुधबार बिहान गएको ५.८ रिक्टरको भुकम्पको धक्काले तनहुँको व्यास नगरपालिका–१४ स्थित कुलुङ निवासी कृष्णबहादुर कामीको घरमा पुर्‍याएको क्षति । भुकम्पले घरको केही भाग भत्किए पनि मानवीय क्षति नभएको वडाध्यक्ष काजीमान श्रेष्ठ बताउँछन् । तस्वीर:सानेबहादुर नेपाली

दमौली। लमजुङको भुलभुले केन्द्रविन्दु भएर आज बिहान गएको भूकम्पका कारण तनहुँको व्यास नगरपालिका–१४ मा एक घर भत्किएको छ । ५.८ रिक्टर भूकम्पका कारण व्यास–१४ कुलुङमा कृष्णबहादुर कामीको घरमा क्षति पुगेको हो ।

विसं २०७२ को भूकम्पले चर्किएको घर आजको भूकम्पले भत्किएको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार घरको माथिल्लो तल्लाको भागमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले भूकम्पको क्षतिको विवरण आइनसकेको बताएको छ । भूकम्प गएपछि दमौलीमा सर्वसाधारण बिहान घरबाट बाहिर निस्किएका थिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।