मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा लमजुङका अधिकारी नियुक्त


     एभरेस्ट आवाज    
     जेठ ५ गते २०७८ मा प्रकाशित




गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको राजनीतिक सल्लाहकारमा डा.भीष्म अधिकारीलाई नियुक्त गरेको छ । मन्त्री परिषद गठन भएलगत्तै आज बसेको पहिलो बैठकले मुख्यमन्त्री गुरुङको गृहजिल्ला लमजुङको सुन्दरबजार निवासी अधिकारीलाई मुख्यमन्त्री गुरुङको राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो ।

यसअघी मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा नेकपा एमाले गण्डकी प्रदेश सचिव गोबिन्दबहादुर नेपाली थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।