मुवाथाई प्रशिक्षक दीपक गोदार पोखरा महानगरपालिका खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त भएका छन् । पोखरा महानगरपालिकाले महानगर भित्र खेलकुदको विकास र बिस्तार गर्नका लागि स्थापना गरेको पोखरा महानगर खेलकुद विकास समितिको अध्यक्षमा गोदारलाई नियुक्त गरेको हो ।
राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी गोदार पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पूर्व कोषाध्यष हुन् । उनी खेलाडी संघ कास्कीका अध्यक्षसमेत हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलका विद्यार्थीले गुरुहरुको सम्मान गरेका छन् ।…





