गण्डकी प्रदेशको मन्त्री परिषद् गठन


     एभरेस्ट आवाज    
     जेठ ५ गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्री परिषद गठन गरेका छन् ।
बुधबार मुख्यमन्त्री गुरुङले मन्त्रिपरिषद् विस्तार गर्दै प्रदेश सरकारमा आफूसहित ६ सदस्यीय मन्त्रिपरिषद् पुर्याएका छन् ।

गत बैशाख २९ गते दोश्रो पटक मुख्यमन्त्री भएका पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्मा पुरानै अनुहार दोहो¥याएका छन् । मुख्यमन्त्री बनेको एक हप्ता पछि गठन भएको मन्त्री परिषदमा मुख्यमन्त्रीले पहिलो कार्यकालमा मन्त्री भएकाहरु किरण गुरुङ, रामशरण बस्नेत, विकास लम्साल, नरदेवी पुन र गुण्डा नाईकेका रुपमा परिचित राजिव गुरुङ उर्फ दीपक मनाङेलाई मन्त्री परिषदमा नियुक्त गरेका छन् ।

नियुक्त भएका मन्त्रीहरुलाई बुधबार अपराह्न ३ बजे मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा प्रदेश प्रमुख सीता पौडेलले सपथ खुवाईन् । सपथ ग्रहणमा मनाङे बाहेक सबै मन्त्री उपस्थित थिए । मनाङे भने अक्सिजन सिलिण्डर ब्यबस्थापनका लागि भन्दै काठमाडौं गएकाले सपथ ग्रहणमा उपस्थित नभएको बताइएको छ ।

नवनियुक्त मन्त्रीहरुलाई पुरानै जिम्मेवारी तोकिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । जस अनुसार किरण गुरुङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, रामशरण बस्नेतलाई भौतिक पूर्वाधार मन्त्रालय, विकास लम्साललाई उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालय, नरदेवी पुनलाई सामाजिक विकास मन्त्रालय दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मा दिइएको छ ।

किरण गुरुङ, बस्नेत, लम्साल र पुन प्रदेश सरकार बनेदेखिकै मन्त्री हुन् भने मनाङे मुख्यमन्त्रीको पहिलो कार्यकालको अन्त्य तिर केहि दिनका लागि मन्त्री बनेका थिए । गुण्डा नाईकेलाई मन्त्री बनाएको भन्दै आलोचना भएपनि आगामी कार्यकालमा पनि निरन्तरता दिनेगरी मुख्यमन्त्रीले मनाङेलाई मन्त्री दोहो¥याएको श्रोतले बताएको छ ।

दोश्रो पटक अल्पमतको सरकारको मुख्यमन्त्री बनेका गुरुङले एक महिना भित्र विस्वासको मत लिनुपर्नेछ । विस्वासको मत प्राप्त नगरेसम्म थप मन्त्री नबनाउने सोंच अनुसार चुस्त मन्त्रीमण्डल गठन गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । यसअघी माओवादी मन्त्रीहरुले सम्हालेको मन्त्रालय भने मुख्यमन्त्री आफैले राखेका छन् । तत्काल अन्य मन्त्री नियुक्त गर्ने सोंच नरहेकाले अब विस्वासको मत प्राप्त भएपछि मात्र मन्त्री थप्ने मुख्यमन्त्रीको योजना रहेको श्रोत बताउँछ ।

मुख्यमन्त्रीले विस्वासको मत पाउन राष्ट्रिय जनमोर्चा वा जनता समाजवादी पार्टी (जसपा)को मत प्राप्त गर्नुपर्नेछ । जसले मत दिन्छ उसैलाई मन्त्री बनाउने योजनामा मुख्यमन्त्री छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।