एसईई र कक्षा १२ को परीक्षाको मोडालिटीमा परिवर्तन हुँदै


     एभरेस्ट आवाज    
     जेठ ६ गते २०७८ मा प्रकाशित




फाइल तस्बीर

सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को राष्ट्रिय परीक्षा कसरी संचालन गर्ने भन्ने सम्बन्धमा अध्ययन सुरु गरेको छ।

देशमा कोरोना (कोभिड–१९)को सङ्कट भइरहेको अवस्थामा ८ लाखभन्दा विद्यार्थीलाई कसरी परीक्षाको निकास दिने भन्नेबारे अध्ययन सुरु गरिएको हो।

परीक्षाको मोडालिटीबारे अध्ययन गर्न गठित कार्यदलले यस विषयमा अध्ययन थालिसकेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

जेठ १३ गतेबाट एसईई तथा जेठको अन्तिम साताबाट कक्षा १२ को परीक्षा लिने बोर्डको तालिका थियो । कोरोना बढ्दै गई निषेधाज्ञाको चरणमा पुगेपछि परीक्षा स्थगित गरी परिवर्तित परिस्थितिमा परीक्षाको मोडालिटीमा विषयमा अध्ययन गर्ने निर्णय गरेको थियो।

त्यसका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको नेतृत्वमा अध्ययन समिति गठन बनाइएको छ। बोर्डले कार्यदलकै अध्ययन प्रतिवेदन पर्खेको र त्यसकै आधारमा उपयुक्त विकल्पमा निर्णय गर्नेछ। कार्यदल वैशाख २७ गते गठन गरिएको हो। कार्यदललाई १५ दिनको समयसीमा दिइएको


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।