तस्बीर : एजेन्सी
युभेन्ट्सले सिजनको पहिलो उपाधि जित्ने क्रममा कोप्पा इटालियाको उपाधि जितेको छ।
बुधबार भएको फाइनलमा एटलान्टालाई २–१ ले पराजित गर्दै युभेन्टस ले १४ औं पटक यस उपाधि हासिल गरेको हो । यस्तै आन्द्रे पिर्लोले प्रशिक्षकको रूपमा पहिलो मुख्य उपाधि हात पारे।
युभेन्टसलाई उपाधि दिलाउनको लागि कुलुसेभेस्की र फेडेरिको चिएसाले समान एक/एक गोल गरे । एटलान्टाका मिलानोभेस्कीले एक गोल फर्काए।
फाइनल खेलमा ४३ सय दर्शकलाई रंगशालामा प्रवेश गराइएको थियो। कोरोना भाइरसपछि इटालीमा दर्शकको उपस्थितिमा खेलाइएको यो अहिलेसम्मकै ठूलो खेल हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







