बादललाई १०७४ मतभारले हराउँदै देवकोटा बिजयी


     एभरेस्ट आवाज    
     जेठ ६ गते २०७८ मा प्रकाशित




राष्ट्रिय सभा सदस्यको उप निर्वाचनमा डा.खिमलाल देवकोटा बिजयी भएका छन् । निवर्तमान गृहमन्त्री एवम एमालेका आधिकारिक उमेदवार रामबहादुर थापा (बादल)लाई पराजित गर्दै देवकोटा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् ।

निर्वाचित देवकोटा नेकपा एमालेका माधवकुमार नेपाल पक्षीय हुन् । उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको पनि समर्थन रहेको थियो ।

निर्वाचित देवकोटाले ५ हजार ८८ मतभार प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । पराजित थापाले ४ हजार १४ मतभार प्राप्त गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।