भारतमा कोरोना महामारीका बीच ‘ब्ल्याक फंगस’ तीब्र गतिमा देखा परेको छ।
स्वास्थ्य संकटमाथि संकट देखिएकाले भारत सरकार थप चिन्तित बनेको छ।
यसबीच ‘ब्ल्याक फंगस’ नियन्त्रणका लागि भारतको केन्द्र सरकारले सबै राज्य सरकारलाई सावधानी अपनाउन पत्राचार गरेको छ।
पछिल्लो समय ‘ब्ल्याक पंmगस’का कारण भारतमा सय भन्दा बढीकोे मृत्यु भइसकेको छ। जसमा ९० जना महाराष्ट्र राज्यका छन्। यसअघि, ‘ब्ल्याक पंmगस’कै कारण हरियाणा राज्यमा १४ र मध्यप्रदेशमा १० जनाको ज्यान गइसकेको छ।
भारतको राजस्थानमा १ सय बढी ‘ब्ल्याक फंगस’बाट प्रभावित भएका छन्। कोरोना संक्रमित र संक्रमणमुक्त भएकाहरुमा देखा परेको ‘ब्ल्याक फंगस’ले जो कोहीको मृत्यु हुने गरेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







