तस्बीर : एजेन्सी
संयुक्त अरब इमिरेट्समा मे २२ तारिखदेखि एसियन बक्सिङ च्याम्पियन्सिप हुँदैछ।
उक्त प्रतियोगितामा सहभागी हुने नेपाली बक्सिङ खेलाडीको संभावना न्यून रहेको छ।
नेपालका ७ जना खेलाडीले उक्त प्रतियोगितामा सहभागिता जनाउने कार्यक्रम थियो । नेपालका २ जना महिला र ५ जना पुरुष खेलाडी सहभागिता जनाउने कार्यक्रम थियो। मे ३१ तारिखसम्म अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण खेलाडीले सहभागिता जनाउन असंभव भएको बक्सिङ संघले एक विज्ञप्तिमार्फत जनाएको छ।
नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले आफूहरुले वैशाख २६ गते राष्ट्रिय खेलकुद परिष्द (राखेप)मा जानकारी गराए पनि त्यसबाट हालसम्म कुनै पहल नभएको बताएका छन्।
यता, राखेपका उपाध्यक्ष शिव कोइरालाले भने आफूहरूका कारण नै खेलाडीले सहभागिता जनाउन नपाउने भन्ने कुरा नभएको बताए। उनले पत्रको बारेमा आफूलाई धेरै जानकारी नभए पनि राखेपले पहल नगर्दा खेलाडी खेल्न जान नपाएको भन्ने कुरा मान्य नहुने बताए।
यता, युवा तथा खेलकुद मन्त्रालयले यसबारे राखेपले कुनै किसिमको जानकारी नगराएको बताएको छ। खेलकुद मन्त्री दावा तामाङले आफूहरू यो विषयमा कुनै किसिमको जानकारी नभएको बताएका छन्। उनले केही दिनअघि जानकारी भएमा आफूहरूले खेलाडीलाई पठाउन पहल गर्ने बताए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







