नेपाल बक्सिङ संघको साधारणसभा स्थगित गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले निर्देशन दिएको छ।
राखेपले आफ्नो पूर्वस्वीकृति नलिई साधारणसभा गर्न लागेको भन्दै स्थगित गर्न पत्र पठाएको हो ।
नेपाल बक्सिङ संघले कोरोना महामारीबीच पनि आफ्नो स्वीकृति नलिई साधारणसभा गर्न लागेको हुनाले स्थगित गर्न संघ तथा समन्वय इकाइका प्रमुख सरोजकुमार पोखे्रलद्धारा हस्ताक्षरित पत्रमा लेखिएको छ।

निर्देशन पत्रमा भनिएको छ, ‘राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २८ को (ङ) बमोजिम परिषद्बाट अर्काे निर्देशन प्राप्त नभएसम्मका लागि स्थगित गरी सोको जानकारी राखेपलाई गराउनहुन अनुरोध छ।’
यसअघि, बक्सिङ संघको साधारणसभा यही जेठ २० गतेका लागि डाकिएको थियो। बक्सिङ संघले खेलकुद विकास ऐन ०७७ संघको अधिनमा रही संघको विधान २०६४ को परिच्छेद ३ को धारा ११ को उपधारा १ बमोजिम संघको र विधान संशोधनअन्तर्गत परिच्छेद ९ को धारा २४ को उपधारा १ बमोजिम साधारणसभा गर्ने निर्णय गरेको थियो। तर, बक्सिङ संघले भने कोरोनालाई मध्यनजर गर्दै जुममार्फत साधारणसभा गर्ने निर्णय गरी सूचना प्रकाशित गरेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलका विद्यार्थीले गुरुहरुको सम्मान गरेका छन् ।…





