तस्बीर : एजेन्सी
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले महिला विश्वकपको नयाँ मिति तय गरेको छ।
फिफाले सन् २०२३ को फिफा महिला विश्वकप फुटबलको मिति तय गरेको हो।
अष्ट्रेलियामा र न्युजिल्यान्डमा संयुक्त आयोजना हुने महिला विश्वकप जुलाई २० देखि अगस्ट २० सम्म आयोजना हुनेछ। प्रतियोगिताको उद्घाटन न्युजिल्यान्डको अकल्यान्डस्थित इडेनपार्कमा हुनेछ।
अष्ट्रेलियामाको सिड्नीसँगै मेलबर्न, ब्रिसबेन, एडिलेट र पर्थमा खेलहरु हुनेछन्। न्युजिल्यान्डको अकल्यान्ड, डुनेडिन, ह्यामिल्टन र विलिङटनमा खेल हुनेछन्। फाइनल खेल सिड्नी स्टेडियम हुने जनाइएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







