नेविसंघको मशाल जुलुशमा प्रहरी हस्तक्षेप


     एभरेस्ट आवाज    
     जेठ ८ गते २०७८ मा प्रकाशित




संसद विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कदम बिरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पोखरामा निकालेको मशाल जुलुशमा प्रहरीले हस्तक्षेप गरेको छ । संसद विघटन गर्ने कदम प्रतिगमन भाग २ भन्दै नेविसंघले न्यूरोडस्थित पोखरा महानगरपालिका कार्यालय अगाडि क्षेत्रमा निकालेको मशाल जुलुशमा प्रहरीले हस्तक्षेप गरेको हो ।

जुलुश निस्केको केहि बेरमै प्रहरीले हस्तक्षेप गरेको नेविसंघका नेता सरोज केसीले एभरेस्ट आवाजलाई जानकारी दिए । उनले भने,‘हामीले मशाल जुलुश निकालेलगत्तै प्रहरीले हस्तक्षेप ग¥यो, केहिलाई लाठीचार्जपनि गरेको छ ।’

यसैबीच, घटनाप्रति नेविसंघले खेद व्यक्त गरेको छ । ‘शान्तिपूर्ण रुपमा निकालिएको जुलुशमा हस्तक्षेप गर्दै लाठीचार्ज गरेर प्रजातान्त्रिक मूल्य मान्यताप्रति प्रहार भएको छ’–केसीले भने । उनले आगामी दिनमा घटना नदोहो¥याउन चेतावनीसमेत दिएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।