पार्टी सदस्यबाटै निलम्बनमा परे जनमोर्चाका कृष्ण थापा


     एभरेस्ट आवाज    
     जेठ ९ गते २०७८ मा प्रकाशित




तस्बीर: एजेन्सी

राष्ट्रिय जनमोर्चाका प्रदेश सभा सदस्य कृष्ण थापा पार्टीको साधारण सदस्यबाटै निलम्बनमा परेका छन्।

काठमाण्डौंमा शनिबार बसेको केन्द्रीय कार्य समितिको बैठकले केन्द्रीय सदस्य समेत रहेका थापालाई पार्टीको साधारण सदस्यबाटै निलम्बन गरेको जनाएको छ। उनलाई १ बर्षका लागि निलम्बन गरिएको महासचिव मनोज भट्टले जानकारी दिएका छन्।

‘अहिले साधारण सदस्यबाट समेत निलम्बन गरेपनि सांसद पद भने कायमै छ,’ महासचिव भट्टले जानकारी दिएका छन्, आगामी दिनमा पनि पार्टी निर्णय नमानेमा थप कारवाही हुनेछ।’

पार्टीको निर्देशन नमानेर गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बन्नबाट रोकेका थापासँग केन्द्रीय नेतृत्व रुष्ट थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।