कास्कीका नागरिक अगुवाहरुले दोस्रो पटकको प्रतिनिधिसभा विघटन प्रतिगामी कदम भएको ठहर गरेका छन्।
नागरिक अगुवाहरुले संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीको पछिल्लो कदम नेपाली जनताले लामो संघर्षपछि प्राप्त गरेको उपलब्धीलाई समाप्त पार्ने नियत र कार्य रहेको प्रष्ट देखिएकोमा आपत्ति जनाएका छन्।

वरिष्ठ अधिवक्ता तथा नागरिक अगुवा तिलक पराजुली, रामबहादुर पौडेल, इन्द्रकमल मानन्धर, शशि तुलाचन र विष्णुहरि अधिकारीले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘जेठ ९ गते प्रतिनिधिसभा बैठक आब्हन भइसकेको अवस्थामा जेठ ७ गतेको वैकल्पिक प्रधानमन्त्री दावी पेश गर्न भनिनु, आफूले विश्वासको मत लिन सक्दिन भनेर राष्ट्रपति समक्ष जानकारी गराएको छु भन्ने कुरा जाहेर गरेका प्रधानमन्त्रीले वैकल्पिक सरकारको प्रष्ट आधार प्रकट भएपछि हठाथ जालसाँजी तवरले १५३ जना सांसदको समर्थन छ भनि बहुमतको सरकारको निर्लज्ज दावा राष्ट्रपति समक्ष पेश गर्ने र प्रमुख प्रतिपक्षी दलको नेताको नेतृत्वमा सरकार बनाउन प्रस्तुत बहुमत सांसदहरुको हस्ताक्षर सहितको दाबीको कुनै परीक्षण नै नगरी मध्यरातामा प्रतिनिधिसभा बिघटन गरिनुले जनअधिकारमाथि सुनियोजित षडयन्त्र भइरहेको पनि बुझिन्छ। र, राष्ट्रपति र प्रधानमन्त्रीका यि यस्ता कार्य सम्मानीत सर्वोच्च अदालतको प्रतिनिधिसभा पुर्नस्थापनासम्बन्धी आदेशको समेत अवज्ञा भएको छ भन्ने हाम्रो ठहर छ।’
नागरिक अगुवाहरुले विघठित प्रतिनिधि सभा पुनर्स्थपनाको माग समेत गरेका छन्। वैकल्पिक सरकार गठनको खोजी गर्न पनि नागरिक अगुवाहरुले माग गरेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







