आज युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्ति


     एभरेस्ट आवाज    
     जेठ ९ गते २०७८ मा प्रकाशित



आज नेपाली साहित्यका युगकवि सिद्धिचरण श्रेष्ठको जन्म जयन्ति।

वि.स. १९६९ जेठ ९ गते ओखलढुंगामा जन्मिएका युगकवि सिद्धिचरण श्रेष्ठको गीत ‘मेरो प्यारो ओलढुंगा’ बोलको गीत हरेक नेपालीहरुको जनजिब्रोमा अहिलेसम्म पनि कालजयी बनेको छ।

विकृति, विसंगति र असमानताप्रति सचेत युग कवि श्रेष्ठको कवितामा समाज सुधारका भावहरु प्रसस्त भेटिनछन्। युगकवि श्रेष्ठको अर्को चर्चित गीत ‘आमा, तिनिहिरुले जेसुकै भनोस, म बहुला होइन’ भन्ने त्यत्तिकै चर्चित छ।

युगकवि सिद्धिचरण श्रेष्ठ क्रान्तिकारी कवि थिए। कवि सिद्धिचरणले नेपाली र नेवारी भाषामा क्रान्तिकारी कविता लेखनअन्तर्गत क्रान्ति शब्दको प्रयोग गरेबापत उनलाई वि.सं. १९९६ सालमा १८ वर्ष कैद सजाय र सर्वस्वहरणको घोषणा गरिएको थियो।

त्यस्तै १९९५ साल माघमा वर्षा शीर्षकको कविता लेखेबापत सर्वस्वहरणसहीत २० वर्ष कैद सजाय तोकी उनलाई जेल पठाएका थिए । तर उनी २००२ सालमा जेलमुक्त भए। राणा शासनको दमन र अत्याचारको विरोध गर्नेमध्येका एक सिद्धिचरणले ६ दशकसम्म नेपाली कविता र काव्यशिल्पद्वारा राष्ट्रलाई जीवन्त र जागृत बनाउन विशिष्ट योगदान पु¥याएका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।