एट्लेटिको बन्यो यस सिजनको ला लिगा च्याम्पियन


     एभरेस्ट आवाज    
     जेठ ९ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

स्पेनिस ला लिगा फुटबलको उपाधि एटलेटिको म्याड्रिडले जितेको छ।

गएराति सम्पन्न लिगको अन्तिम खेलमा भल्लाडोलिडलाई २–१ गोल अन्तरले पराजित गर्दै एटलेटिकोले यस सिजनको ला लिगाको उपाधि जितेको हो।

योसँगै एटलेटिकोले ११ औ पटक ला लिगाको उपाधि जितेको छ। एटलेटिकोले २०१३(१४ सिजनपछि पहिलो पटक ला लिगाको उपाधि जितेको थियो।

एटलेटिकोको जितमा एंगल कोरिया र लुइज स्वारेजले १/१ गोल गरे। स्वारेजले १–१ गोलको अवस्थामा निर्णायक गोल गर्दै एटलेटिकोको जित सुनिश्चित गरेका थिए। त्यस्तै, भल्लाडोलिडका लागि ओस्कार प्लानोले १ गोल गरे।

एटलेटिकोको ३८ खेलमा ८६ अंक भएको छ भने दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ३८ खेलमा ८४ अंक रहेको छ। रियलले आफ्नो अन्तिम खेलमा भिल्ला रियललाई २–१ गोल अन्तरले पराजित गरेको छ।

ला लिगाको इतिहासमा सबैभन्दा बढी पटक ला लिगाको उपाधि जित्ने क्लब भने रियल म्याड्रिड हो। रियल म्याड्रिडले ३४ पटक यो उपाधि जितेको छ भने बार्सिलोनाले २६ पटक जितेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।