दीपक मनाङेद्वारा मन्त्री पदको सपथ ग्रहण


     एभरेस्ट आवाज    
     जेठ ९ गते २०७८ मा प्रकाशित




गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकूदमन्त्री राजीव गुरुङलाई आइतबार पद तथा गोपनीयताको शपथ खुवाउँदै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल । तस्बिर : रासस ।

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले मन्त्री पदको सपथ लिएका छन् ।

पहिलो पटक मन्त्री बनेकै ११ दिनमा पदमुक्त भएका मनाङेले आज गण्डकी प्रदेश प्रमुख सिताकुमारी पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् । प्रदेश प्रमुखको सरकारी निवासमा आयोजित शपथ ग्रहण समारोहमा उपसभामुख सिर्जना शर्मा, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य तथा सरकारी उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

यसअघि यसअघि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि पदमुक्त भएका मनाङेले यसअघिकै युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

गत विहीबार दोश्रो पटक मन्त्री नियुक्त भएका मनाङे त्यसदिन पोखरा बाहिर भएकाले उनको सपथ रोकिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।