तस्बीरः एजेन्सी
इटलीको उत्तरी क्षेत्रमा एउटा केबल कार दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको जनाइएको छ।
इटलीको उत्तरी क्षेत्रमा रहेको पिडमोन्टस्थित माजीओरी ताल नजिक एउटा केबल कार खस्दा कम्तीमा ८ जनाको मृत्यु भएको उद्धार कार्यमा संलग्न अधिकारीहरूले आइतबार जनाएका छन् ।यस पहिले मृतक संख्या ९ भएको बताइएको थियो ।
‘केबलकारमा यात्रा गरिरहेका १० जनामध्ये ८ को मृत्यु भएको छ भने घटनामा गंभीर घाइते २ बालबालिकालाई उपचारका लागि टुरिनस्थित अस्पताल पठाइएको छ,’ उद्धार कार्यमा संलग्न अधिकारीहरूलाई उद्धृत गर्दै इटालीका संचारमाध्यमहरूले उल्लेख गरेका छन्।
स्थानीय आपत्कालीन सेवासम्बन्धी निकायहरूका अनुसार स्ट्रेजा सहरबाट मोटारोने पर्वततर्फ यात्रु ओसारिरहेको केबल कार दुर्घटनामा परेको हो। अल्पाइन रेस्क्यू र आपत्कालीन हेलिकप्टर सेवा उद्धार कार्यमा खटिएको थियो। मृतकहरुको सनाखत हुन बाँकी रहेको जनाइएको छ।
आपत्कालीन सेवासम्बन्धी निकायहरूले सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा तस्बिरमा जंगलमा दुर्घटनाग्रस्त केबलकार देख्न सकिन्छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







