केनले जिते इङ्लिस प्रिमियर लिगको गोल्डेन बुट


     एभरेस्ट आवाज    
     जेठ १० गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

इङ्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सिजनको आफ्नो अन्तिम खेल जित्दा टोलीका ह्यारी केनले गोल्डेन बुट जितेका छन्।

टोटेनहमलाई जित दिलाउन अन्तिम खेलमा एक गोल गरेका ह्यारी केनले प्रिमियर लिगको सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट पाएका हुन्।

उनले यो सिजन टोटेनहमका लागि सर्वाधिक २३ गोल गरे। उनीपछि लिभरपुलका मोहम्मद सलाहले २२ गोल गरे।

सिजनको अन्तिम खेलमा टोटेनहमले लेस्टर सिटीलाई ४–२ ले पराजित गरेको हो। टोटेनहलाई जित दिलाउन ग्यारेथ बेलले २ गोल गरे। ह्यारी केनले १ गोल गरे। एक गोल टोटेनहमले आत्मघाती उपहार पाएको थियो।

लेस्टरका लागि जिम्मी भार्डीले पेनाल्टीमार्फत २ गोल गरे। लेस्टर टोटेनहमसँग पराजित हुँदा अर्काे सिजन च्याम्पियन्स लिगका लागि छनोट हुन सकेन। लेस्टर पराजित हुँदा च्याम्पियन्स लिगमा चेल्सीले अन्तिम ४ मा स्थान बनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।