एमालेबाट नेपाल खनाल समुहका ११ नेता निष्काशित


     एभरेस्ट आवाज    
     जेठ १० गते २०७८ मा प्रकाशित




फाइल तस्विर

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले खनाल–नेपाल समुहका ११ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीले सोधेको स्पष्टीकरणको जवाफनै नदिएका माधव कुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई निष्कासन गर्ने निर्णय गरेको हो ।

यसअघि शनिबार बसेको स्थायी कमिटी बैठकले देउवालाई प्रधानमन्त्री बनाउन प्रस्तावका लागि हस्ताक्षर गर्ने २६ सांसदमध्ये ११ सांसदलाई स्पष्टीकरण माग गर्ने निर्णय गरेको थियो ।

निष्काशित हुनेमा नेताहरु भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्का छन् ।

यस्तै प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने थप १२ जनालाई भने २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।