कास्कीका ६ युवा संघको विरोध


     एभरेस्ट आवाज    
     जेठ ११ गते २०७८ मा प्रकाशित




सांकेतिक तस्बीर

असंवैधानिक ढंगबाट राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको भन्दै कास्कीका ६ राजनीतिक दलका भातृ संगठनले विरोध गरेका छन्।

सोमबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभालाई रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यको विरोध गरेका हुन्।

विज्ञप्तिमा नेपाल तरुण दलका मनोज गुरुङ, योङ कम्युनिस्ट लिगका भोजराज पौडेल, युवा संघ नेपालका असीम गुरुङ, समाजवादी युवा संघका लक्ष्मण गुरुङ, अखिल नेपाल युवा संघका विक्रम थापा र विवेकशील साझा युवा संगठनका विजय पराजुलीले हस्ताक्षर गरेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।