आफ्नै दलका नेताप्रति डा.बाबुराम भट्टराईको व्यंग


     एभरेस्ट आवाज    
     जेठ ११ गते २०७८ मा प्रकाशित




जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराइले आफ्नै दलका नेताप्रति कटु व्यंग छेडेका छन्।

सामाजि सञ्जाल ट्वीटरमार्फत डा भट्टराईले दलका नेता विशेष गरी महन्त ठाकुर र राजेन्द्र महतोलाई लक्षित गर्दै व्यंग कसेका हुन्।

उनले इतिहासमा पहिलो पटक मधेसी प्रम बन्ने अवसरलाई त्यागेर पुरानै सत्ताधारीसँग मन्त्री माग्न गएको आरोप लगाएका छन्।

उनले एक मधेसी मित्रको ठट्टालाई सामाजिक सञ्जालमा उतार्दै ति अहिलेको ओली सत्तापक्षीय नेताहरुलाई कटाक्ष गरेका हुन्।

उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरेका छन्, ‘इतिहासमा पहिलोपटक मधेसी प्रम बन्ने सम्भावना बढेको बेला त्यसलाई लत्याएर पुरानै सत्ताधारीसंग मन्त्री माग्न तम्सिएका केही नेताबारे एक मधेसी मित्रले गरेको ठट्टाः एउटा भिखारीले चिट्ठा किनेछ । अर्कोले सोधेछ–एक करोड पाए के गर्छस्?गाडी किन्छु ! गाडीले के गर्छस् ? गाडी चढेर माग्न जान्छु !!’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।