तस्बीरः एजेन्सी
लिल्लेले फ्रेन्च लिग वानको उपाधि जितेको छ।
एन्गर्सविरुद्धको प्रतिस्पर्धात्मक खेलमा २–१ को जित निकाल्दै लिल्लेले फ्रेन्च लिग वान जितेको हो।
उसले फ्रेन्च लिग वान जितेको यो चौथो पटक हो। लिल्लेले कुल ८३ अंक जोड्दै लिग जित्यो।
जोनथन डेभिडले १० औं मिनेटमा गोल गर्दै लिल्लेलाई अग्रता दिलाएका थिए भने पहिलो हाफको अन्त्यमा बुराक यिल्मजले पेनाल्टीमार्फत अग्रता दोब्बर पारे ।
इन्जुरी समयमा एन्गर्सका एन्जेलो फुलगिनीले खेललाई २–१ को अवस्थामा फर्काएपनि लिल्लेलाई उपाधि विमुख बनाउने त्यो गोल पर्याप्त भएन ।
दोस्रो स्थानको पेरिस सेन्ट जर्माइनले ब्रेस्टलाई २–० ले हरायो। तर, अंक कम भएकाले दोस्रो स्थानमै सिमित भयो। उसले ८२ अंक जोडेको छ। विगत ९ वर्षमा पिएसजी उपाधिबाट विमुख भएको यो दोस्रो पटक हो। यी दुई क्लबसँगै तेस्रो स्थानमा रहेको मोनाको पनि च्याम्पियन्स लिगका लागि छनोट भएको छ।
अन्तिम खेलमा लेन्ससँग गोलरहित खेलेको मोनाकोले ७८ अंक जा्ड्यो। यता, नाइससँग ३–२ ले पराजित भएपछि ७६ अंकमै खुम्चिएको लियोनले चौथो स्थानमै रहेर लिग टुंग्यायो। फ्रेन्च लिगबाट शीर्ष ३ क्लबमात्रै च्याम्पियन्स लिगमा छानिन्छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







